fbpx

विश्वब्यापीरुपमा फैलिएको कोरोनाभाइरस (COVID-19) को महामारीबाट जनस्वास्थ्य र अर्थतन्त्रमा गहिरो प्रभाव परेकाे कारण सिंगो मानवजाति नै अहिले असहज परिस्थितीबाट गुज्रिरहेको छ । यो महामारीबाट समग्र शिक्षा क्षेत्र पनि प्रभावित भएको छ । त्यसमा पनि अध्ययनका लागि अस्ट्रेलिया आएका अन्तरास्ट्रिय बिद्यार्थीहरु अझ बढी प्रभावित भएको हामीले महशुस गरेका छौं । COVID-19 को कारणले गर्दा अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीहरुलाई पर्न सक्ने तत्कालिन र दीर्घकालिन असरहरुलाई न्यूनीकरण गर्न हामीले सुरु देखि नै आफ्नो सकृयता कायम नै राखेका छौं। यसका लागि हामीले विभिन्न सरकारी एवं गैरसरकारी निकायहरु, शैक्षिक संस्थाहरु र सामुदायिक संघ संस्थाहरु सँग नियमित सम्पर्क र सम्वादको माध्यमबाट समस्याको पहिचान र यसको समुचित ब्यबस्थापनका लागि आवश्यक पैरवी गरिरहेका छौं ।

एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले सधैं आफ्नो ब्यवसायिक सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेको छ । यसै सन्दर्भमा COVID-19 को कारणले अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई पर्न सक्ने समस्याहरुमा सहयोग पुर्याउने उद्देश्यले एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको परोपकारी गतिविधिका लागि संचालित संस्था एक्स्पर्ट फाउन्डेसनले २ लाख अस्ट्रेलियन डलरको “COVID-19 Expert सहयोग कोष” स्थापना गरेको छ । यो निर्णयले COVID-19 बाट प्रभावित अन्तरास्ट्रिय बिद्यार्थीहरुलाइ केहि हदसम्म भए पनि सहयोग पुग्ने हामीले आशा गरेका छौं ।

कोरोनाभाइरस (COVID-19) को महामारीबाट अस्ट्रेलियामा अध्ययनरत अन्तरास्ट्रिय विद्यार्थीका अभिभावकहरु पनि अहिले प्रभावित भएको र यहाँ रहेका बिद्यार्थीहरुको रोजगारीमा पनि असर गरेको यथार्थलाइ पनि मध्यनजर गर्दै यो निर्णय गरिएको छ । एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तरास्ट्रिय बिद्यार्थीहरु प्रति हाम्रो पहिलो दायित्व तथा अभिभावकत्व अनुभुत गर्दै यो कोषबाट एक लाख पचास हजार अस्ट्रेलियन डलर उहाँहरुको सहयोगका लागि छुट्याइएको छ भने अन्य अन्तरास्ट्रिय बिद्यार्थीहरुको सहयोगमा क्रियाशील बिभिन्न सामाजिक संघ संस्थाहरु मार्फत सहयोग गर्ने गरी पचास हजार अस्ट्रेलियन डलर छुट्याइएको छ ।

पछिल्लो छ महिना यता अस्ट्रेलिया आएका बिद्यार्थीहरु सबै भन्दा बढि प्रभावित भएको महशुस गरी पहिलोपटक १ अक्टोबर २०१९ देखि हालसम्म अस्ट्रेलिया अाएर रोजगारी नै नभएका, रोजगारी भएर पनि महामारीका कारण रोजगारी गुमाएका र एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत बिद्यार्थीहरुलाई उनीहरुको आधारभूत आवश्यकता पुरा गर्नका लागि केहि सहज पुगाेस् भन्ने उद्देश्यले हाम्रो बिभिन्न राज्यमा भएका कार्यालय तथा सम्पर्कहरु मार्फत उक्त कोषबाट सहयोग गरिनेछ । उक्त सहयोग आवश्यक हुने बिद्यार्थीहरूले फाउन्डेसनको तल उल्लेखित लिंकमा ( https://eevs.co/covid19-assistance) गई रजिस्ट्रेसन गर्न र सहयोग प्राप्त गर्न चाहिने योग्यता सम्बन्धि जानकारी लिन सक्नुहुनेछ ।

साथै, COVID-19 बाट प्रभावित बिद्यार्थीहरुलाई कुनै पनि सल्लाह चाहिएमा हामीलाई c19support@experteducation.com.au मा ईमेल गर्न सक्नु हुनेछ ।

अस्ट्रेलियामा अध्ययनरत अन्तरास्ट्रिय बिद्यार्थीहरुमा पर्न सक्ने प्रभाव न्यूनिकरणका लागि अस्ट्रेलियन सरकार र राज्य सरकारहरु अन्तर्गतका विभिन्न सरकारी एवं गैर-सरकारी निकायहरु र शैक्षिक संस्थाहरुले ल्याएका विभिन्न कार्यक्रमहरुबाट बिद्यार्थीहरुलाई केहि हदसम्म भएपनि सहयोग पुग्ने हामीले विश्वास लिएका छौं । साथै, बिद्यार्थीहरुलाई पर्न सक्ने समस्याहरुका बारेका हाम्रो व्यवसायिक सम्बन्ध भएका शैक्षिक संस्थाहरुसंग आफ्नो तर्फबाट हामी नियमित परामर्शमा रही बिध्यार्थीहरुको तर्फबाट पैरवी गरिरहेको र बिद्यार्थीहरुलाई सहयोग र सुविधा प्राप्त हुने बारेका सूचना उपलब्ध हुनासाथ बिद्यार्थीहरुलाई जानकारी गराइरहेको र यसलाई निरन्तरता दिने प्रतिबद्दता पनि व्यक्त गर्दछौं ।

यो समय एकअर्कामा सहयोग, सद्भाव कायम गर्दै धैर्यतापुर्बक मानबिय भावनाका साथ अगाडि बढ्ने समय हो । सरकारी निकायहरुबाट जारि गरिएका नियम तथा संदेशहरुको पूर्ण पालना गर्दै यो महामारीबाट आफु र सिंगो समाजलाइ सुरक्षित राख्न आ-आफ्नो ठाउंबाट पहल गर्न सबैमा हार्दिक अनुरोध पनि गर्दछौं ।

धन्यवाद ।

एक्स्पर्ट फाउन्डेसन परिवार
आईतवार, १२ अप्रिल २०२०



Announcements